वैध्य माअाेवादी फुटकाे संघारमा...
काठमाडाैं, वैशाख १८ । मातृ पार्टीसँग एकता एजेन्डामा मोहन वैद्य नेतृत्वको माओवादी विभाजनको संघारमा देखिएको छ । अध्यक्ष वैद्यलाई छाडेर प्रभावशाली नेता रामबहादुर थापा बादलसहित पुराना नेतापंक्ति एकीकृत माओवादीसँग एकता नजिक पुगेका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीसँग पार्टी एकीकरण विषयमा उत्पन्न विवाद समाधान गर्न नसक्दा वैद्य नेतृत्वको नेकवा क्रान्तिकारी माओवादीमा विभाजनको रेखा बाक्लिँदै गएको हो। अध्यक्ष वैद्यले जारी केन्द्रीय समिति बैठकमा एमाओवादीसँग सैद्धान्तिक रुपमा एकता गर्नै नसकिने अडान राखेपछि थापाले छुट्टै केन्द्रीय समिति बैठक राखेर पार्टी एकीकरणको निर्णय गराउने योजना बनाएका छन् ।
‘कुनै चमत्कार भएन भने पार्टी एमाओवादीसँग् अध्यक्ष वैद्य बिनै एकता हुन सक्ने प्रस्टिँदै गएको छ, नेता लेखनाथ न्यौपानेले भने,‘बादलजीसहित बहुमत सदस्यको एमाओवादीसँग एकता हुन सक्ने देखियो।’ न्यौपानेका अनुसार अध्यक्ष वैद्य केन्द्रीय समिति बैठक आह्वान गरेनन् भने थापा समूहले अलग्गै भेला गरेर एमाओवादीसँग पार्टी एकता निर्णय गर्नेछन् ।
जारी केन्द्रीय समिति बैठकमा एकीकरण पक्षधर थापासँग सहमत केन्द्रीय सदस्यको बहुमत देखा परेपछि एकीकरणप्रति अनिच्छुक अध्यक्ष वैद्यले एक महिनाका लागि केन्द्रीय समिति बैठक अचानक स्थगित गरेकाे नागरिक दैनिकमा समाचार छ ।


0 comments
Write Down Your Responses