डिटेक्टर बिना नै कसैले झुट बोली रहेको कसरी थाहा पाउने ? जानी राखौ...
तपाईंलाई एक दिनमा धेरै जनाले ढाँटिरहेका हुन्छन्, सामान्यतया एक जना मानिस एक दिनमा सरदर सानाठूला २०० झूटको सिकार बन्ने गरेको विभिन्न अध्यनहरुको दावी छ । चाहे प्रेम सम्बन्धमा होस्, चाहे पारिवारिक सम्बन्धमा होस् वा चाहे अफिसमा होस्, तपाईं झूट हरेक ठाउँमा हुन्छ । के तपाईं यस्ता झूटहरु पत्ता लगाउन सक्नुहुन्छ ? सानातिना झुटले ता खासै प्रभाव पार्दैनन् र त्यसमा चासो पनि हुन्न तर कतिपय ठूला झूटहरु भने राम्रोसँग ख्याल गर्दा ठम्याउन सकिन्छ ।
झूट बोल्ने मानिसहरुका बारेमा अध्ययन गरिरहेका विज्ञहरुले उनीहरुको भित्री मनमा के छ भनेर थाहा पाउने केही उपायहरु पत्ता लगाएका छन् । उनीहरुका अनुसार छलकपटलाई पत्ता लगाउन त्यति सजिलो भने छैन ।कसले कपट गर्दैछ, कसले धोका दिँदैछ भनेर थाहा पाउन केही कुराहरुलाई ध्यान दिनुपर्ने उनीहरुले बताएका छन् ।
झूट बोल्ने मानिसलाई गहिरिएर अध्ययन गर्ने सीपबारे उल्लेख भएको लाइजस्पोटिङ नामक पुस्तककी लेखिका पामेला मेयरले झुट पत्ता लगाउने केही प्राथमिक कुरा सिकाएकी छन् ।यस्तै सान फ्रान्सिस्को विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डेभिड मात्सुमो पनि झूट पत्ता लगाउने सीपलाई विस्तारै सिक्न सकिने बताउँछन् । उनीहरुका अनुसार केही संकेतले छली तथा कपटी मानिसको भित्री मनसायलाई बाहिर ल्याउन सकिन्छ ।
१. मानिसले के खोजिरहेको छ र के भनिरहेको छ भनेर तुलना गर्ने
झूटा मानिसहरुले बोल्ने र गर्ने कुरामा निकै भिन्नता हुन्छ । सबैभन्दा पहिला समस्या आइपर्दा उसले के खोजिरहेको छ र के कुरा भनिरहेको छ भन्नेबारे तुनला गर्ने आधार बनाउने हो भने छली तथा पकटीलाई सजिलै चिन्न सकिन्छ । यसै आधारमा त्यस्ता मानिसलाई केही प्रश्न सोधेर शब्द तथा हाउभाउमा आएको परिवर्तनबाट झूटका संकेतहरु पत्ता लगाउन सकिन्छ ।
२. झूटाहरुले बोल्ने भाषामा आउने परिवर्तनलाई ख्याल गर्ने
झूट बोल्ने मानिस प्राय स-साना कुरामा पनि झगडा गर्ने, रिसाउने तथा भनाभन गर्ने गर्दछन् । त्यस्तै उनीहरु सोधेको प्रश्नको उत्तर दिन नखोज्ने, कुनै पनि कुरालाई बँङ्ग्याउन खोज्ने गर्दछन् । कहिलेकाही त सोधेको प्रश्नको विरोध नै गर्दछन् र आफूलाई माथि पार्न खोज्दछन् । त्यसकारण यदि झूट, छलकपट तथा बेइमानीको सिकार हुनबाट बच्ने हो भने यो कुरालाई ख्याल गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
३. झुट बोल्ने मानिसको हाउभाउमा आउने परिवर्तनलाई ख्याल गर्ने
झुट बोल्ने मानिसहरु प्राय: आत्तिने र आफ्ना हात खुट्टालाई अस्वभाविक ढंगले चलाउने गर्दछन् भन्ने आमबुझाइ रहेको छ । यसमा केही सत्यता त छ नै । कुनै विशेष क्रियाकलाप भन्दा पनि उनीहरुको हाउभाउमा आउने परिवर्तननै झुट पत्ता लगाउने मुख्य तरिका हो ।विज्ञहरुका अनुसार विशेषगरी अनुहारमा आउने परिवर्तन त्यसमा पनि हाँसोमा देखिने परिवर्तनले कसले झुट बोल्दैछ भनेर थाहा पाउन सकिन्छ । भनिन्छ, ‘मानिस हाँस्दा साँचो हाँसो उसको अनुहारमा देखिन्छ न कि उसको मुखमा ।
त्यसकारण मानिसको हाँसोलाई हेरेर पनि ढाँट्नेहरुलाई चिन्न सकिन्छ ।
स्रोत: डेलिमेल डटकम


0 comments
Write Down Your Responses