नयाँ एकदिवसीय टेष्ट क्रिकेट खेल्न पाउने नेपालले !

६ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेको छ । जसमा टेष्ट मान्यता प्राप्त शीर्ष दश टिमसँग नेपाले खेल्ने मौका पाउनेछ । प्रस्तावित लिगमा १३ देशको सहभागिता रहनेछ । जसमा १० शीर्ष टेष्ट टिम र नेपाल, अफगानिस्तान र आयरल्याण्ड हुनेछन् । क्रिकइन्फोका अनुसार यो लिग तीन वर्षको हुनेछ र यो अवधिमा सबै देशले एक अर्कासँग खेल्नेछ । लिगको शीर्ष दुई टिमले प्ले अफ सिरिज खेल्नेछ र, त्यसको विजेता एकदिवसीय लिगको विजेता हुनेछ ।

0 comments

Write Down Your Responses