फेरि अर्को शक्तिशाली भूकम्प इक्वेडरमा

सुनामीको चेतावनी दिइयो

एजेन्सी: इक्वेडरमा फेरि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ।  अमेरिकन भूगर्भ विभागका अनुसार बुधबार गएको यो भूकम्प ६.१ म्याग्निच्यूडको रहेको छ,यो भूकम्पको केन्द्रबिन्दु मुजिनबाट २५ किलोमिटर पश्चिममा थियो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरेको छ । गत शनिवार गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५२५ पुगेको छ । यो भूकम्पबाट  ४ हजार बढी घाइते भएका छन् । भूकम्पमा परेका २ सय ३१ जना अझै वेपत्ता रहेका छन् । 

0 comments

Write Down Your Responses