२१ बलमै सतक ठोक्दै थोमसको विश्व रेकर्ड...
![]() |
| ३१ बलमै बन्यो १३१ रन, १५ छक्का र चार चौका |
एजेन्सी: वेस्टइन्डिजका एक क्रिकेटरले एक टी-२औ० क्रिकेट प्रतियोगितमा २१ बलमै सतकको रेकर्ड बनाएका छन् ।यो रेकर्ड भारतमा जारी आईपीएलमा नभइ वेस्टइन्डिजमा जारी टोबेगो क्रिकेट एसोसिशन टी-२० क्रिकेट प्रतियोगितामा एक २३ वर्षीय क्रिकेटरले अद्भुत रेकर्ड बनाउन सफल भएका हुन् । ट्रिनडाड एन्ड टोबागोकोका यी क्रिकेटरको यो रेकर्ड क्रिस गेलजस्ता धुवाँधार ब्याटिङ गर्ने ब्याट्सम्यानहरु पनि पछि परेका छन् ।
उनले आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरका लागि क्रिस गेलले ३० बलमा सतक बनाएको रेकर्ड पनि तोडेका छन् । गेलले आईपीएलको खेलमा पुने वारियर्सविरुद्ध ३० बलमा सतक जोड्दै विश्व रेकर्ड बनाएका थिए । अब थोमसले २१ बलमै सतक बनाएर गेललाई पछि पारेका हुन् । २३ वर्षीय ब्याट्सम्यान इराक थोमसले टोबगो क्रिकेट एसोशियसन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा विष्फोटक ब्याटिङ गर्दै केबल २१ बलमै सतक ठोकेका हुन् ।
स्क्रेबोरह र स्पेसाइड्सबीच भएको यो खेलमा स्पेसाइड्सले पहिले ब्याटिङ गर्दै हुए इराक थोमसको टीम स्क्रेबोरहसामू १५२ रनको लक्ष्य दिएको थियो । तर यस लक्ष्यलाई पछ्याएको स्क्रेबोरहका तर्फबाट थोमसले केबल ३१ बलमै १३१ रन बनाउँदै सजिलो जित दिलाए । आफ्नो यस रेकर्ड सतकमा थोमसले १५ छक्कार ५ चौका ठोकेका थिए । इराकले यस सतकपछि आफ्नो पहिले टी २० सतकदेखि आफू धेरै खुसी भएको प्रतिक्रिया दिए ।


0 comments
Write Down Your Responses