किन खुशी छन त ? सन्नी लियोनसँग उनका श्रीमान डेनियल !

जेठ २४,एजेन्सी । डेनियल वेबरसँग जनवरी २००९ मा विवाह बन्धनमा बाँधिएकी भारतीय अभिनत्री सनी लियोनले सुखी र सफल बैवाहिक जीवनको मन्त्र भनेको आपसी समझदारी भएको बताएकी छिन् । सनीले भनेकी छिन् ‘म ह्याप्पी वाइफ, ह्याप्पी लाइफ’ भनाइसँग मान्यता राख्छु । तर, सफल बैवाहिक जीवनको मतलव आपसी सहमति, शर्तबिनाको प्रेम, एक–अर्कासँग निरन्तर संवाद र विश्वास नै हो ।‘एक पहेली लीला’को बोल्ड नायिकाले जोड दिएर भनेकी छिन् कि सफल र लामो समयसम्म बैवाहिक जीवन टिकाउनका लागि एक आपसमा सहमति हुनु एकदमै जरुरी हुन्छ । सनीको वास्तविक नाम भने करणजीत वोहरा हो । सनीका अनुसार आपसी समझदारी सबैभन्दा जरुरी हुन्छ तर तपाई हरेक कुरामा सहमति हुनुपर्छ भन्ने छैन । सम्बन्ध त यसै चल्छ । सनीले २०१२ मा कामुक थ्रिलर फिल्म ‘जिस्म २’बाट बलिउडमा प्रवेश गरेकी थिइन ।


0 comments

Write Down Your Responses